About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,नेकपा (एमाले) का केन्द्रीय सदस्य बिनोद ढकालले मोरंग क्षेत्र नम्वर ४ मा ३५ देखि ४० हजारको हाराहारी मतल्याएर चुनाव जित्ने बताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी बहसमा कुरा गर्दै उहाँले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । एमाले केन्द्रीय सदस्य,प्रदेश सह इन्चार्ज र मोरग इन्चार्ज रहेका ढकाल मोरग क्षेत्र नम्वर ४ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ । स्थानीय चुनावको परिणाम र जनतामा एमाले प्रतिको आकर्षणका कारण चुनाव जित्ने उहाँको बिश्वास छ ।
मोरग क्षेत्र नम्वर ४ बिराटनगरको ४० प्रतिशत क्षेत्र ओगटने वडाहरु १,३,८,१०,१९,ग्रामथान र कटहरी गाँउपालिका तथा बेलबारीको ५ र ७ वडा गरि जम्मा २३ वटा वडा पर्छन । स्थानीय तहको चुनावमा २३ मध्ये १८ वटा वडा एमालेले जितेको थियो । काँग्रेसले ३ वटा,माओवादीले १ र जसपाले एउटा वडा जितेका थिए । स्थानीय तहको चुनावले एमालेलाई मोरग क्षेत्र नम्वर ४ मा बलियो देखाएको नेता ढकालको बिश्लेषण छ । स्थानीय तहको चुनावभन्दा मत बढने उहाँको दावी छ । एमाले प्रतिको आकर्षण वढेर एमाले प्रवेश गर्नेहरु बढदै गएको उहाँले बताउनुभयो । चाँहे मनमोहन अधिकारी नेतृत्वको सरकार होस या दुई पटक केपी ओली नेतृत्वको सरकारका कामले देशमा केहि गर्छ भने एमालेले मात्र गर्छ भन्ने जनतामा विश्वास रहेका कारण मंसीर ४ मा हुने संघीय र प्रदेशको चुनावपछि एमालेको बहुमतको सरकार बन्ने नेता ढकालको दावी छ । बिनोद ढकाल जिल्लाको बिकास र जनताका समस्या समाधानमा अहोरात्र खटिने नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँले अहिले सम्म जनप्रतिनिधिका रुपमा भने भूमिका निर्वाह गर्न पाउनुभएको छैन ।
अघिल्लो निर्वाचनमा मोरग क्षेत्र नम्वर ४ मा बामपन्थी गठवन्धनका तर्फबाट माओबादीका अमनलाई मोदी बिजयी हुनुभएको थियो । उहाँले ३३ हजार ५ सय २९ मत ल्याउदा काँग्रेसका महेश आर्चायले २६ हजार ८ सय मत ल्याउनुभएको थियो । स्थानीय तहको चुनावमा २३ वटा वडामा माओवादीले एउटा वडामात्र जितेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय