About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २८ भदौ
उर्लाबारी-६ स्थित राधिका माध्यमिक विद्यालयकाे ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस आज भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । प्रदेश सभा सदस्य कुशल लिम्बूको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख टंकप्रसाद गौतम विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा अक्षयकोष दाताबाट प्राप्त भएको रकमबाट करिव १५० जनालाइ छात्रवृत्ति प्रदान गरिएको थियो भने तीन जना अक्षयकोष दातालाई सम्मान गरिएको थियोे ।
स्काउटका विद्यार्थीले मार्चपास गरेकाे कार्यक्रममा कक्षा १ देखि १२ सम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयमा दीर्घ सेवा गर्ने विद्यालयका शिक्षक तुलसी गुरागाई, पुर्व विद्यार्थी तथा पुर्व राष्ट्रिय फुटबल खेलाडी दीपेन्द्र धिमाल ,पुर्व प्लस २ संयोजक रुद्रप्रसाद न्यौपाने, पुर्व प्लस २ विज्ञान  विषय संयोजक डिल्लीराम पोख्रेल, वर्तमान अङ्ग्रेजी माध्यमका संयोजक चुडामणि ढकाल, पुर्व बाल क्लबका संरक्षक शिक्षक चुडामणि नेपाल, दीर्घसेवी सफाइ कर्मचारी विश्वेश्वर मल्लिकलाई सम्मान गरियाे ।
यस्तै, ४ दिने उद्घोषण तालिम संचालन गर्ने प्रशिक्षकद्व्य ऋषिकेश खनाल र लोकनाथ रिजाललाई प्रशंसा पत्र वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति  सदस्य देवकुमार पाण्डेले विद्यालयको आय व्यय प्रस्तुत गरेका थिए भने प्रधानाध्यापक कुमार पोख्रेलले विद्यालयका गतिविधि बारे जानकारी गराएका थिए । विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रम  कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर राईकाे सभापतित्वमा भएको थियो ।                    ऋषिकेश खनालबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय