About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ भदौ
प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेपनि टुंगो लाग्न सकेन । उनीहरु सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र द्विपक्षीय छलफल भएको थियो । सिट बाँडफाँटमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति जुटेको छैन । कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन गर्ने पक्षमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय