About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई पूरा बाहुला भएको लुगा लगाउन अनुरोध  गरेको छ । पछिल्लो समय दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएकाले सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई पूरा बाहुला भएको लुगा लगाउन मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीद्धारा जारी बिज्ञप्तीमा अनुरोध गरिएको छ । बिज्ञप्तीमा डेंगु नियन्त्रण गर्न विभिन्न प्रतिकार्य योजना बनाइ काम गरिरहेको मन्त्रालयले जनाइएको छ । यस्तै बढ्दो संक्रमणलाई नियन्त्रण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वय गरी लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने काम भइरहेको जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय