
प्रदेश नम्वर १ बाट एमाले अध्यक्ष केपी शर्मा ओली सहित १४ जना प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ । एमाले अध्यक्ष ओली झापा ५ बाट सर्वसम्मत सिफारिस हुनुभएको हो । यस्तै झापा १ बाट रबिन कोइराला,झापा ४ बाट एलपी साँवा,पाँचथर बाट बसन्तकुमार नेम्वाड,इलाम १ बाट महेश बस्नेत,इलाम २ बाट सुवास नेम्वाड सर्बसम्मत सिफारिस हुनुभएको छ । यस्तै मोरग २ बाट ऋषिकेश पोखरेल,३ बाट भानुभक्त ढकाल,४ बाट बिनोद ढकाल,५ बाट योगी मण्डल सर्वसम्मत सिफारिस हुनुभएको हो । यसैगरी सुनसरी १ बाट जयकुमार राई,३ बाट भगवती चौधरी र ४ बाट जगदिश कुशियत सर्वसम्मत सिफारिस हुनुभएको हो । यस्तै सोलुखुम्वुबाट मानवीर राई पनि सर्वसम्मत सिफारिस गरिएको छ ।