About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ साउन
झण्डै १८ महिनादेखि प्रतिनिधि सभा उपसभामुखविहीन छ । २०७६ माघ ६ गते डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि अहिलेसम्म उपसभामुख चयन हुन सकेको छैन । सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नपाउने व्यवस्था अनुरुप तत्कालीन नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएको थियो ।
उपसभामुख तुम्बाहाङ्फेको राजीनामासँगै सापकोटा सभामुखमा निर्वाचित भएयता प्रतिनिधि सभा अहिलेसम्म उपसभामुखविहीन भएको छ । संवैधानिक व्यवस्थाअनुसार अब निर्वाचित हुने उपसभामुख महिला नै हुनुपर्छ त्यो पनि माओवादी बाहेकको दलबाट । सभामुख माओवादीबाट बनेका कारण माओवादी केन्द्रबाहेक दलबाटमात्रै उपसभामुख बन्न पाउँछ । नेकपा एमाले, काँग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाले उपसभामुख दाबी गर्न सक्छन् । नेमकिपा र राप्रपासँग प्रतिनिधिसभामा महिला सांसद नभएका कारण उनीहरूले उपसभामुख दाबी गर्न सक्ने अवस्था छैन । संविधानमा सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था रहेको छ ।
प्रतिनिधिसभाले कहिले उपसभामुख पाउने भन्ने अन्योल कायमै छ । भर्खर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि सबैको ध्यान सरकार विस्तारतर्फ लागेकोले उपसभामुखको निर्वाचनको विषयमा अहिले ध्यान दिएको पाइँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय