
धरान,कोरोना बाट धरानमा एकजनाको मृत्यू भएको छ । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान–१२ का ६८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रबक्ता चूडामणि पोखरेलले जानकारी दिनुभयो । उहाँले कोरोनाको दुवै डोज खोप लगाउनुभएको थियो । हिजो कोरोना सङ्क्रमण पुष्टि भएपछि हिजै अस्पताल भर्ना गरिएको थियो ।उहाँ मुटु र मिर्गौला सम्बन्धी दीर्घ रोगी रहेको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।