About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, मंसिर ४ गते हुने चुनावका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खुलाएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ ।म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू लाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ । लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको हुनुपर्नेछ ।
यस्तो छ सेवा सुविधा
म्यादी प्रहरीलाई ४० दिनको प्रतिदिन ८६९ का दरले ३४ हजार ७ सय ६० रुपियाँ उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी खादयान्न बापत ७ हजार २ सय रकम पाउने छन । पोसाख खरिद गर्न ६ हजार,यातायात १ हजार र खाजा खर्च १२सय पाउने छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय