About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ भदौ
उर्लाबारी नगरपालिकाको गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा भए गरेका कार्यहरुको विवरण प्रस्तुत गरियो ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरका विभिन्न शाखाका प्रतिवेदन प्रस्तुत गरिएको थियो । आर्थिक प्रशासन शाखाको कुवेर ढकाल, राजश्व शाखाको भरत अधिकारी, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको कविता ढुंगाना, खरिद तथा सम्पत्ति व्यवस्थापन शाखाको नगेन्द्र तिम्सिना, योजना तथा प्रशासन शाखाको विकास दाहाल, कृषि विकास शाखाको अम्बिका लुईटेल, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखाको चन्द्रकला सुब्बाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै, पशुपन्छी विकास शाखाको बद्री भट्टराई, भवन तथा बस्ती विकास शाखाको हिमांशु देव, सूचना प्रविधि शाखाको रोशन ठाकुर, शिक्षा तथा युवा खेलकुद शाखाको अशोक घिमिरे, स्वास्थ्य शाखाको सन्दिप नेयोङ, प्रधानमन्त्री रोजगार शाखाको हेमराज कोइरालाले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय