About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ भदौ
सदा झैं यस वर्षपनि संविधान दिवसको अवसरमा उर्लाबारी रन हुने भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा असोज ३ गते हुने १० किलोमिटरको उर्लाबारी रन २०७९ मा एक हजार जनाको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
आयोजकले आज सञ्चार क्लब नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी रनको बारेमा जानकारी गराएको हो । उर्लाबारीको नाम देश विदेशमा परिचित गराउन रन प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाएर तयारी तीब्र पारिएको उनले बताए ।
१० किलोमिटर रनको विजेताले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौंथोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, महिलातर्फ विजेता, दोस्रो, तेस्रो र चौंथोले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव प्रेम बोहोराले बताए । यस्तै, भेट्रानतर्फ महिला पुरुष दुवैमा प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र चौंथोले ३ हजार तथा १५ वर्षमुनिका बालक तथा बालिकातर्फ दुवैमा प्रथमले ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार, चौंथोले २ हजार र पाँचौँले १ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । बालबालिकाको भने तीन किलोमिटर दौड हुनेछ ।
उर्लाबारी–६ सूर्यचौक स्थित संस्थाको कार्यालयबाट सुरु हुने १० किलोमिटर रन तरुण चौक, छाता चौक, आइतबारे, उर्लाबारी चौक, होलीचाइल्ड बोर्डिङ हुँदै सिमाना बस्तीबाट पुनः सूर्य चौकमा आएर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५० हजारभन्दा बढी रुपैयाँ खर्च हुने सचिव बोहोराले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय