About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ भदौ
नेकपा एमाले मोरङ क्षेत्र नं. १ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा चन्द्रबहादुर भट्टराई (भरत) सिफारिसमा परेका छन् । पूर्वी मोरङका एक सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा चिरपरिचित उनी राजनीतिमा पनि सक्रिय छन् । उर्लाबारी उद्योग वाणिज्य संघदेखि लिएर यस क्षेत्रका विभिन्न संघसंस्थाको सफल नेतृत्व गरिसकेका उनी स्थानीयदेखि केन्द्रसम्म व्यवसायिक पहुँच कायम गरेका व्यक्ति हुन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. १ (क) बाट उनीसहित ७ जनाको नाम माथिल्लो कमिटीमा सिफारिस भएको छ । व्यवसायिक र सामाजिक क्षेत्रको अनुभवसँगै अब उनी समग्र क्षेत्रको विकासका लागि जनप्रतिनिधि बन्न चाहेको बताउँछन् । व्यापार, व्यवसायमा पुस्तान्तरण गर्दै झण्डै झण्डै ‘रिटायर्ड’ जीवनमा पुगेका उनी अब राजनीतिक करियर अघि बढाउँदै जनताको सेवा र क्षेत्र विकासमा लागि पर्ने सोच रहेको बताउँछन् ।
पार्टीले उम्मेद्वार बनाएको खण्डमा आफूले जीत हात पार्ने उनको भनाई छ । उर्लाबारी–७ बरगाछीस्थित भट्टराई मार्केटिङ, सिबी ट्रेडर्स, जय वशिष्ट रिसोर्टका सञ्चालक भट्टराई यस क्षेत्रका उद्योगी व्यवसायीको क्षेत्रमा मात्र होइन, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार समग्र क्षेत्रको समस्यामा जानकार छन् । विद्यार्थी कालमा अनेरास्ववियुबाट कम्युनिष्ट राजनीति सुरु गरेका भट्टराई पार्टी समायोजनमार्फत नेकपा हुँदै हाल नेकपा एमालेमा सक्रिय छन् । ‘यही क्षेत्रको माटोमा हुर्किदै यहाँको सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छु’ उनले भने, ‘अब जनप्रतिनिधि भएर सेवा गर्ने सोच बनाएको छु ।’
उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उनी हाल सल्लाहकार, उद्योग वाणिज्य महासंघ प्रदेश १ को निवर्तमान सदस्य, उद्योग संगठन मोरङको ९ शाखा संयोजक छन् । लायन्स क्लब अफ इष्टन मोरङको पूर्व अध्यक्ष उनी हाल पञ्चकन्या साकोस उर्लाबारी र बरगाछी सेवा समाज समितिको अध्यक्ष छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय