About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सरकारले डेङ्गुसंक्रमितको सँख्या ६ हजारको हाराहारीमा बताईरहदा जनस्वास्थ्यबिदले भने लाख जना जति संक्रमित भएको आँकलन गरेका छन । जनस्वास्थ्यबिद डा रबिन्द्र पाण्डेले देशभरमा संक्रमितको सँख्या लाख पुगेको हुनसक्ने आँकलन गर्नुभएको हो । डा पाण्डेले सरकाले नीजि स्वास्थ्य संस्थाहरुमा परीक्षण गराएको डाटा नराख्ने भएकाले कम देखिएको भएपनि संक्रमणको सँख्या निक्कै उच्च भएको बताउनुभयो ।

                  डा रबिन्द्र पाण्डे

तीनै तहका सरकार डेङ्गु नियन्त्रणमा उदासिन रहेको उहाँको आरोप छ । हिजोमात्र राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । डेङ्गु संक्रमण बाट कसरी बच्न सकिन्छ त जनस्वास्थ्य बिद डा रबिन्द्र पाण्डेको सल्लाह यस्तो छ —
१. डेंगी हुँदा उच्च ज्वरो आउँछ ( १०२ – १०५ ), टाउको दुख्छ, आँखाका गेडी दुख्छन् , हातखुट्टा कटकट दुख्छन्, वाकवाकी तथा वान्ता हुनसक्छ, कसैलाई पखाला पनि हुन्छ ्र नाक, मुख वा शरीरका अन्य भागबाट रगत आउन सक्छ, साना चिलाउने बिमिरा आउन सक्छन् यति लक्षण देखिए तत्काल डेंगी परिक्षण गर्नुपर्दछ ्र
२. अधिकांश संक्रमितलाई सामान्य र लाक्षणिक उपचारले ५–७ दिनमा निको हुन्छ भने कतिपय व्यक्तिको प्लेट्लेट्स घट्दै गएर अस्पताल भर्ना हुनुपर्दछ ्र प्लेट्लेट्स धेरै घटेमा रगत/प्लेट्लेट्स चढाउनु पर्ने हुन्छ ्र
३. डेंगी पत्ता लगाउन सजिलो छ ्र रगतमा ऋद्यऋ र म्भलनगभ एचयाष्भि चेक गर्दा डेंगी र त्यसको अवस्था पत्ता लाग्दछ ्र आफूलाई कति जोखिम बन्दैछ भन्ने थाहा पाउन दैनिक प्लेट्लेट्स परिक्षण गर्नुपर्दछ ्र प्लेट्लेट्स एक लाखबाट झर्दै गयो भने बिशेष सतर्क हुनुपर्दछ । यसको मोनिटरिंग नियमित गर्नुपर्दछ ्र प्लेट्लेट्स घट्दै गएर थोरै बढ्यो भने बढ्दै गएर जोखिम हट्दछ ।
४. डेंगी कोभिडजस्तै सासबाट सर्दैन ्र संक्रमित लामखुट्टेले टोकेमा मात्र डेंगी सर्छ ्र अपवादस्वरूप बोडी फ्लुइडबाट सर्छ भनिएको छ ।
५. डेंगी गराउने एडीस जातको पोथी लामखुट्टे सफा ठाउँमा बस्दछ र त्यहिं फूल पार्दछ ्र पानी भएको बाल्टिन, जग, गमला, बाथरुम…. यस्तैमा ्र यो लामखुट्टे डे बाइटर हो ्र दिनमा टोक्ने ्र तसर्थ दिउँसो पनि झुलको प्रयोग गर्नुपर्दछ ्र ओडोमस लगाउने, लामबाहुले कपडा, लामा मोजा, जुत्ता लगाउनु पर्दछ ।्र
६. घर तथा कार्यालयमा लामखुट्टे धपाउने झोल वा पत्ताको प्रयोग गर्नुपर्दछ ।
७. डेंगी हुँदा कसैलाई अन्य संक्रमण पनि भएको हुनसक्छ ्र जस्तै कोभिड, टन्सिल सुन्निने आदि ्र यो अवस्थामा बहुप्रकारले उपचार गर्नुपर्दछ ।्र
८. डेंगीको खासै उपचार छैन ्र ज्वरो आउँदा पारासिटामोल खाने, खोकी भए एलर्जीको औषधि खाने, द्वितीय संक्रमण भए एन्टिबायोटिक थप्ने, एन्टिअक्सिडेन्ट भिटामिन खाने, झोलिलो र पोषिलो औषधि खाने हो ्र फलफूलमा मेवा किवी अनार, जुनार, चुकन्दर, स्याउले निकै फाइदा गर्छ ।
९. चिल्लो, तारेको खाना, धेरै चियाकफी, कोल्ड ड्रिंक्स, मसलेदार खाना, डार्क चकलेट, लसुन, अदुवा, प्याज, गोलभेंडा, मदिरा, धेरै गुलियो खाना आदिले प्लेट्लेट्स घटाउन सक्छन् ्र तसर्थ यी नखानु राम्रो ।्र
१०. प्लेट्लेट्स बढाउनको लागि मेवाको पातको रस निकै उपयोगी हुन्छ ्र धेरै देशमा मेवाको पातको रसबाट ट्याब्लेट, क्याप्सुल, झोल बनाइएको छ ्र नेपालमा पनि छ ्र सम्बन्धित चिकित्सकको सल्लाह अनुसार यो सेवन गर्दा फाइदाजनक छ ।
११. ज्वरो वा दुखाइको लागि कहिल्यै पनि एस्पिरिन, आइबूप्रोफेन मिसिएका औषधि ( फ्लेक्सन, ब्रुसेट, निम्स आदि ) खानु हुँदैन ्र पारासिटामोल मात्र सेवन गर्न सकिन्छ ।
१२. यसको प्रभकाठमाडौंलगायत देशका अधिकांश जिल्लामा डेंगी फैलिएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय