About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० भदौ
उर्लाबारी भएर बग्ने खोलाहरुमा प्रारम्भिक वातावरणीय परीक्षण (आईइइं) अध्ययनको सिलसिलामा सोमबार नगरपालिकाका मेयर गंगाप्रसाद खरेल नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । नदिजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा आदि) संकलन तथा बिक्री शुल्क असुल गर्ने प्रयोजनका लागि स्थलगत अनुगमन गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाध्यक्ष राजन कँडेल, सेक्टर वन मंगलबारेका रेञ्जर अमृत चेम्जोङ, नगरपालिकाका इन्जिनियर र प्राविधिकससिहतको टोलीले स्थानीय सोल्टी, सुनझोडा, बाहुनी र तेली खोलाको नदिजन्य पदार्थ, खोलाको उकास भाग आदिको नापजाँच र मापन गरेको हो ।
जथाभावी हुने खोलाको उत्खनन्लाई रोक्न प्रतिवेदनले व्यवस्था गरे अनुसार र नदीजन्य सामाग्री ठेक्का सम्झौता भएका स्थानमा मात्र उत्खनन् हुनुपर्ने तयारीस्वरुप खोला अनुगमन गरिएको मेयर खरेलको भनाई छ । अनुगमनका क्रममा आईइइले ठहर नगरेको स्थानमा समेत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ । ‘विधि र प्रक्रियालाई अटेरी गर्दै मनोमानी ढंगबाट नदीजन्य सामग्री जथाभावी उत्खनन् गरेको पाइयो’ मेयर खरेलले भने – ‘त्यस्ता गैरकानूनी काम गर्नेहरुका विरुद्ध कडा कदम चालिने छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय