About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ भदौ
नेकपा एमाले मोरङ १’ख’ बाट प्रदेश सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपतिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ ।
लेटाङमा भएको निर्वाचन क्षेत्रीय कमिटीको बैठकबाट डिल्लीराम शर्मा अधिकारी, खड्ग बहादुर बस्नेत र बुद्दिमान लिम्बुको प्रत्यक्षतर्फ नाम सिफारिस भएको हो । सिफारिस भएका अधिकारी साबिक सिंहदेवी गाविसका पूर्व प्रधानपनञ्च तथा पूर्व गाबिस अध्यक्ष हुन् भने बस्नेत मोरङ जिल्ला विकास समितिका पूर्व सभापति हुन् ।
यसै गरी समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा डिल्ली बि.क.,शान्ति लिम्बु भुजेल , बालकुमार श्रेष्ठ , सेरमान तामाङ , सरन गजमेर र दहसेर राई रहेका छन् । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि  सभा सदस्यको निर्वाचनका लागि उमेद्वार छनौटको क्रममा भएको बैठकबाट अन्य दलहरुले झै एमाले पनि उमेद्वार सिफारिस गरिरहेको हो । आईतबार मोरङ १ नम्बर क्षेत्रीय कमिटीको बैठक बसि उमेद्वार सिफारिस गर्दैछ । संघीय सामंसदको प्रत्यक्ष तर्फको उमेद्वारमा बर्तमान सासद घनश्याम खतिवडा र पूर्व उपसभामुख तथा पूर्वमन्त्री डा.शिबमाया तुम्बाहाम्फेको नाम चर्चामा छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय