
उर्लाबारी, १८ भदौ
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ ले उम्मेद्वार सिफारिस गरेको छ । आज लेटाङमा बसेको क्षेत्रीय पदाधिकारीको बैठकले प्रतिनिधि सभा सदस्यमा जिल्ला सभापति डिगबहादुर लिम्बूसहित ४ जनकाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुनेमा जिल्ला सभापति लिम्बूसहित महाधिवेशन प्रतिनिधि रामप्रसाद पोख्रेल, प्रदेश १ सदस्य आरतीदेवी बराल र प्रदेश प्रतिनिधि सदस्य जयधर्म आचार्य रहेका छन् ।
यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ ललित अधिकारी, दिब्यादेबी बस्नेत र नारायण धिमालको नाम सिफारिस भएको छ । बैठकले प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ क्षेत्र नं. १ (क) बाट वीरबल थापा, गोमा नेपाल, अर्जुन तुम्रोक र चिरञ्जीवी थापा तथा समानुपातिकतर्फ खड्ग फागो, शोभा पालुङ्वा, विजय कार्की र नेत्रकुमारी भट्टराई श्रेष्ठको नाम सिफारिस गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रत्यक्षतर्फ शंकर राई, बृषबहादुर थापा र प्रकाश बस्नेत, समानुपातिकतर्फ सुभद्रा भट्टराई, इन्द्रबहादुर लिम्वू र विमल राईको नाम सिफारिस भएको छ ।