About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, १८ भदौ
पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता असोज २२ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले आज पत्रकार सम्मेलन गरी असोज २२ देखि कात्तिक ६ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिएको हो । पथरीशनिश्चरे–१ जाँते मोडमा अवस्थित पथरी रंगशालामा हुने प्रिमियर लिगमा ८ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा सात बाघ, मंगलबारे लिजेन्ड, हिसाव किताब ट्राईडेन्ट, रोयल किङ्गस, विरेन्द्रनगर स्टिल टाईगर्स, बुद्ध युनाइटेड, क्लासिक ११ हसन्दह, आइतबारे अस्त्र टिम रहेका छन् ।
खेलमा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय