About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ भदौ
धेरैलाई सामान्य विषय लाग्छ होला, तर आज उर्लाबारी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा अलि फरक दृश्य देखियो । संघले विभिन्न व्यापारी र पत्रकारलाई सम्मान ग¥यो । सम्मानितहरुले कार्यक्रमका सभापति तथा संघका अध्यक्ष शेरबहादुर भण्डारी र कार्यक्रम संयोजक यमलाल रसाइलीबाट सम्मानपत्र र दोसल्ला प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि थिए, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सांघाई, विशिष्ट अतिथि प्रदेश सांसद कुशल लिम्बू पनि मञ्चमै थिए । तर, उद्घोषकले सम्मानित व्यक्तिहरुको नाम उच्चारण गर्ने बित्तिकै अध्यक्ष भण्डारी र कार्यक्रम संयोजक रसाइली आफैँ सम्मान गर्न तम्सिए । प्रमुख अतिथि, विशिष्ट अतिथिहरु हेरेको हे¥यै भए ।
कार्यक्रममा प्रमुख अतिथिले सम्मान पत्र प्रदान गर्ने परम्परा छ । सम्मान थाप्नेहरुमा पनि प्रमुख अतिथिबाटै लिने इच्छा हुन्छ । कार्यक्रमका सभापतिले त मायाको चिनो वितरण गर्ने हो । तर, उद्योग वाणिज्य संघका अध्यक्ष र कार्यक्रम संयोजकको यो कार्यलाई कार्यक्रममा सहभागीले अनौठो माने । सहभागी एक व्यापारीले भने, ‘अध्यक्षले नजानेको कि नयाँ प्रयोग गरेको के हो बुझ्न सकिएन । लाजमर्दो भयो ।’
संघका यसअघिका कार्यक्रममा प्रमुख अतिथिले नै सम्मान पत्र प्रदान गर्ने गरेका थिए । एक पूर्व अध्यक्षले भने, ‘कार्यक्रमको भेउ नपाउँदा यस्तै हुन्छ । कि अरुबाट सिक्नु प¥यो कि आफैँ जान्नु प¥यो ।’ संघका अध्यक्ष शेरबहादुर भण्डारीले यस वर्षदेखि नयाँ प्रयोग गरेका हुन् कि, उनै जानून् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय