About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ भदौ
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नं. १ ले मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेद्वारको नाम सिफारिस गरेको छ । आज उर्लाबारीमा बसेको क्षेत्रीय समिति र प्रदेश क्षेत्रीय समितिको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ होम गौतम र कृष्ण थापा र सामानुपातिकतर्फ धर्मराज शाक्यको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय अध्यक्ष जंगबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ पूर्णबहादुर वाइबा र सोमनाथ अधिकारी तथा समानुपातिकतर्फ तारानाथ मगर, प्रेम डाँगी, प्रल्हाद थापा, जनक खड्का, पिपलराज गिरी, निरूपा खड्का निरौला, रामप्रसाद सुवेदीलगायतलाई सिफारिस गरेको छ ।
यस्तै, क्षेत्र नं. १ (ख) बाट प्रत्यक्षतर्फ सन्तोष कार्की, समानुपातिकतर्फ कोषराज निरौला, राकेश कालिकोटे, मुकेश कालिकोटेलगायत सिफारिसमा परेको राप्रपा उर्लाबारी नगर सचिव खेम गौतमले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय