
झापा, १७ भदौ
झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ मेचीनगरको थोप्लेविरान सामुदायिक वन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर बुद्धशान्ति–५ स्थित घर जाँदै गरेकी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको हो ।
मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखा परेको हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते अवस्थामा उनलाई उपचारका लागि मेची आम्दा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।