About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, प्रदेश नम्वर १ पाँच बर्षमा पनि नाम नपाउने प्रदेश बनेको छ । अन्य छ बटै प्रदेशको नामाकरण भईसक्दा पनि प्रदेश नम्वर १ को भने नामाकरण हुन सकेन । साउन २२ गतेदेखि स्थगीत भएर आज बसेको प्रदेशसभाको बैठक पछि प्रदेशसभाको जारी १० औ तथा बजेट अधिवेशन अन्त्य गरिएको छ । प्रदेशको नाम सम्वन्धि प्रस्तावनै पेश नगरी अधिवेशननै अन्त्य गरिएको हो । संभवत पाँच बर्षे अवधिको यो नै अन्तिम संसद बैठक हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले भरे राती १२ बजेदेखि चालु अधिबेशन अन्त्य गर्नुभएको हो ।

आजको बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पारित गरेको छ । आजको बैठकमा भीम आर्चाय,राजिव कोइराला,धिरेन्द्र शर्मा,सरिता थापा,जयराम यादव,इन्दिरा राई र बिष्णु तुम्वाहाम्फे बोल्नुभयो । सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री इन्द्र आङ्गवोले आफना धारणा राख्नुभयो । अन्त्यमा सभामुख प्रदीप भण्डारीले प्रदेशप्रमुख बाट आएको पत्र पठेर सुनाउदै सवैलाई धन्यवाद दिनुभयो ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय