
नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोली शनिबार सुनसरीको दुहवी आउनुहुने भएको छ । एमाले केन्द्रिय सदस्य भगवती चौधरीका अनुसार एमाले क्षेत्रीय कमिटिले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली सहभागि हुनुहुने छ । फरवार्ड हल दुहवीमा बिहान ७.३० बजे हुने कार्यक्रममा उहाँले बिभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने २५ सय बढिलाई स्वागत गर्नुहुने नेतृ चौधरीले जानकारी दिनुभयो । सुनसरी क्षेत्र नम्वर तीनमा एमाले प्रतिको आकर्षण दिनदिनै बढदै गएको र अन्य पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरुको लहरै चलेको उहाँले बताउनुभयो ।