
उर्लाबारी, १६ भदौ
नेपाली काँग्रेस क्षेत्रीय समिति मोरङ क्षेत्र नं. १ (क) ले प्रदेश सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । हिजो बसेको प्रदेश क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ अर्जुन तुम्रोक, वीरबल थापा, गोमा नेपाल र चिरञ्जीवी थापाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा परेका मध्ये अर्जुन तुम्रोक प्रदेश १ कार्यसमिति सदस्य हुन् । जिल्ला सदस्य रहेका वीरबल थापा काँग्रेस उर्लाबारीको इतिहासमा लामो समय खर्चेका व्यक्ति हुन् । बुथ समिति हुँदै तरुण दल उर्लाबारीको सभापति, तरुण दल मोरङको उपसभापति, काँग्रेस उर्लाबारी गाउँ समिति सभापति हुँदै तीन कार्यकाल नगर सभापति भएका थापा उर्लाबारी–७ को वडाध्यक्ष समेत भइसकेका छन् । गत स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षमा उम्मेद्वार रहेका थापा बागी उम्मेद्वारका कारण पराजित हुनुप¥यो । जनसम्पर्कमा लोकप्रिय रहेका थापा यस क्षेत्रमा परिचित छन् ।
सिफारिसमा परेकी गोमा नेपाल काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् । राजनीतिसँगै सहकारी र महिला अधिकार क्षेत्रमा पनि उनी अग्रणी मानिन्छिन् । लामो समय प्रवासमा रहेर केही वर्ष अघिदेखि यस क्षेत्रमा रहेर राजनीति गर्न चाहेका चिरञ्जीवी थापा काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।