About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ भदौ
मोरङका दुई नगरपालिका उर्लाबारी र पथरी शनिश्चरेबिच कतिपय विषयमा साझा रणनीति बनाउने तयारी सुरु भएको छ । दुई स्थानीय तहबिच अन्तर पालिका समन्यय गरी साझा समस्याहरूको बारेमा साझा रणनीति बनाउने विषयमा छलफल भएको छ ।
उर्लाबारी नगरपालिकामा भएको छलफलमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो । छलफलमा कतिपय क्षेत्रमा सिमाना जोडिएका कारण दुबै पालिकाका समस्या एउटै भएकोले साझा रणनीति बनाइ अघि बढ्न पालिका स्तरीय साझा समिति गठन गर्ने र साझा रणनीति अवलम्बन गर्ने निर्णय भएको उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय