About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ भदौ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चर्चा अहिले चुलिँदो छ । राजनीतिक दलहरुले उम्मेद्वार चयनको प्रक्रिया सुरु गरेसँगै पाँच वर्षअघि २०७४ सालमा भएको निर्वाचनको मत परिणाम पनि चासोको विषय बनेको छ ।
२०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो भने काँग्रेस एकल निर्वाचनमा होमिएको थियो । गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एमालेका घनश्याम खतिवडा विजयी बनेका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । अहिले काँग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको छ भने नेकपा एमाले एक्लै चुनावमा होमिने अवस्था सिर्जना भएको छ ।
उर्लाबारी, लेटाङ नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिका समेटिएको मोरङ क्षेत्र नं. १ मा २०७४ को नतिजा भने यस्तो थियोः

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय