
काठमाडौं, १४ भदौ
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले ४० दिनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको हो ।
यसपालि स्थानीय तहको निर्वाचनमा खटिएका म्यादीलाई प्राथमिकता दिने योजना बनाइएकोछ । गएको वैशाखमा खटिएका म्यादी प्रहरीलाई भर्ना लिँदा स्रोत–साधनको बचत हुने र उनीहरूलाई अनुभव पनि भएकाले सुरक्षामा सहज हुने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । छनोटका क्रममा पूर्वम्यादी प्रहरीको प्रमाणपत्र हेरिनेछ ।