About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

बिराटनगर, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १को सचिवालय भवनका लागि जग्गा प्राप्त भएको छ । विराटनगर वार्ड नं. ४ का लक्ष्मण बस्नेतले बुढिगंगा गाउंपालिका वार्ड नं. २ सक्मामा १ कठा जग्गा खरिद गर्दा ५० लाख पर्ने थप १ कठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघलाई सहयोग गर्नुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राजेन्द्र राउतको पहलमा जग्गा प्राप्त भएको हो । उपाध्यक्ष राजेन्द्र राउतले सो जग्गामा तीन महिनाभित्रै महासंघको भवन निर्माणको काम सुरु हुने जनाउनु भयो । जग्गामा करीव १६ हजार स्वायर फिटको चार तले सुविधा सम्पन्न भवन निर्माण गर्न महासंघले आवश्यक प्रक्रिया अघि बढाएको उपाध्यक्ष राउतले बताउनु भयो ।

भवन निर्माणका लागि प्रदेश १ को चालु आर्थिक बर्षको बजेटबाट १ करोड रुपैयाँ महासंघलाई छुट्याइएको छ । भवन निर्माणका लागि नक्सा निर्माणको काम अघि बढेको र करीव ८ करोड रुपैयाँको लागतमा भवन निर्माणको तयारी भइरहेको उपाध्यक्ष राउतले जानकारी दिनुभयो । पहिलो चरणमा दुई तले कार्यालय, सभाहल एंव अतिथि गृह निर्माण गरिने जनाइएको छ ।महासंघको भवन निर्माण गर्न आवश्यक सहयोगका लागि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकासँग समेत आग्रह गरिएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रमका अवसरमा जानकारी दिइएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय