About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, १२ भदौ
किरात राई पत्रकार संघ मोरङको तेश्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बू राई लगायतको समिति सर्बसम्मत चयन भएका छन् ।
आज पथरीशनिश्चरे १ स्थित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिबमा संगीता राई, सहसचिवमा कबिता राई र सहकोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन ।
सदस्यहरुमा शुसिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई सर्बसहमत निर्वाचित भएका हुन् ।
सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव सन्तोष राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए । किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौमा हुँदैछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय