About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ साउन
मोरङको उर्लाबारी नगरपालिकाका १ सय भन्दा बढी विषेश क्षमता भएकाहरुलाई राहत सामग्री वितरण गरिएको छ । कोरोना संक्रमणका कारण मर्कामा परेका शारीरिक र बौद्धिक अपाङ्गता भएका परिवारलाई पूर्वाअञ्चल क्षेत्रीय आँखा अस्पताल विराटनगर रानीले राहत वितरण गरेको हो ।
विगतका वर्षहरुमा अस्पतालले उनीहरुको लागि आँखाको उपचार सेवा प्रदान गर्दै आएको भएता पनि यसपटक भने कोरोना महामारीको चपेटामा परेको सो वर्गलाई उर्लाबारी नगरपालिकाको विषेश पहलमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको उर्लाबारी वडा नम्वर २ का वडाध्यक्ष राजन कँडेलले बताए ।
राहत लिन बैशाखी र दोस्रो व्यक्तिको सहारामा आएका विषेश क्षमता भएकाहरुले राहत प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् ।
कोरोना महामहारीका कारण दैनिकी नै प्रभावित भएको बेला क्षेत्रीय आँखा अस्पताल विराटनगर र स्थानीय जनप्रतिनिधिको पहलमा खाध्यान्न राहत पाउदा खुशी लागेको स्थानीय व्यासकुमार लिम्बूको भनाई छ ।
कोरोनाले गर्दा पहिला जस्तो सजिलै ज्याला मजदुरी गर्ने अवसर छैन । घरमा छोरा अपाङ्गता छ आफ्नै रोजगारीले घर चलाउनु पर्दा दुख छ, आज थोरै भए पनि राहत पाईयो अप्ठायारो परेका बेला पाएको राहतले काटेको ठाउँमा मलम लगाउदा सित्तल भए झै भएको स्थानीय हर्क माया विकले सुनाइन् ।
आइतबार भएको राहत वितरण कार्यक्रममा उर्लाबारी १, २ र ३ का गरी ३६ घरपरिवारलाई राहत वितरण गरिएको थियो भने अघिल्लो दिन उर्लाबारी चौकमा गरिएको राहत वितरणमा अन्य वाडका लाई वितरण गरिएको थियो ।
कार्यक्रममा उर्लाबारी ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, स्थानीय बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय