About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ भदौ
विराटनगर विमानस्थलसहित तीन वटा विमानस्थलमा नयाँ टर्मिनल बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, भरतपुर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । यी विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो ।
५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाज समेत बढ्दा भीडभाड बढी हुने गरेको यी विमानस्थलमा नयाँ टर्मिनल बनाउने भएको हो । प्राधिकरणका अनुसार विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत ती विमानस्थलका टर्मिनल भवन बनाइनेछ । यसमा सरकारको सेयर लगानी रहने छ । टर्मिनल भवन बनाउन करिब रु ९ अर्ब लगानी हुने प्राधिकरणको अनुमान छ । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सहितका हुनेछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय