About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

प्रदेश १ को पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आधा भन्दा बढि दरबन्दी रिक्त छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, १ नम्बर प्रदेश समितिले रिक्तदरबन्दी पूर्तीका लागि लोकसेवा आयोगको ध्यानाकर्षण गराएको छ । धनकुटाको नाम्जेमा सम्पन्न बैठक पछि बिज्ञप्ती जारी गर्दै दरबन्दी अनुसारको जनशक्ति नहुदाँ स्वास्थ्य सेवा प्रभावित भएको जनाइएको छ । तत्काल प्रदेश लोक सेवाको कानुन, ऐन र नियमलाई संसोधन गरेर प्रकृया अघि बढाउन प्रदेश लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल प्रदेश १ का अध्यक्ष रामकुमार धमलाले जानकारी दिनुभयो ।यस्तै महासंघले सरकार सँग स्वास्थ्य सेवा विशिष्टीकृत र संवेदनशील सेवा भएको जनाउदै यसलाई संघ मातहत राख्ने माग गरेको छ ।सरकारी सेवाका स्वास्थ्य कर्मीको तलबी अध्ययन बिदाको व्यवस्था मिलाउन माग गर्ने लगायतका सात वटा निर्णय गरेको जनाइएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय