About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, ७ भदौ
धरानमा कालिजको मासुको परिकारसहितका कालिज रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धरान– १० सैनिक चौकमा भदौ ५ गतेदेखि रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
युवा व्यवसायी विवेक भट्टराई र विवश भट्टराईले दुई करोड रुपैयाँको लगानीमा खोलेका रेष्टुरेन्टमा कालिजको मासुका परिकारका साथै अन्य परिकार पाइने बताइएको छ । भट्टराईद्वयले मोरङको केराबारी गाउँपालिकाको राङ्चामा कालिज फर्म सञ्चालन गर्दै आएका छन् । आफ्नै फर्ममा उत्पादन भएको विशेष गरी कालिजको मासु, कडकनाथ कुखुराको मासु, बट्टाईको मासु, हाँस, तिथ्रा र टर्की लगायतको पंक्षीको मासुको परिकार रेस्टुरेन्टमा उपलब्ध हुने सञ्चालक विवेक भट्टराईले बताए ।
धरानमा कमै पाइने मटनको मःमः, भट्टीमा लाइभ सेकुवा र सबै मासुका परिकार अग्र्यानिक हुने बताउँदै उनले यो रेष्टुरेन्ट धरानका लागि नयाँ मेनुसहित सुरु गरिएको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय