About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पाँचथर, ७ भदौ
आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको याङवरक गाउँपालिका–४ स्थित सनसाइन बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत एक छात्रालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सरजित ठटाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी राकेश थापाका अनुसार भारतको दार्जिलिङ घरका शिक्षक ठटालले भदौ ३ गते साँझ छात्रालाई बलात्कार गरेका थिए । घटनाका विषयमा पीडितका आफन्तले जाहेरी दिएलगत्तै ठटाललाई पक्राउ गरी भदौ ५ गते पाँचथर जिल्ला अदालतमा बुझाएर म्याद थप गरी अनुसन्धान सुरु गरेको थापाले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय