About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ भदौ   आउदै गरेको चाडपर्वलाई मध्यनजर राख्दै उपभोक्ता र उद्योगी व्यवसायीको हित अनुकुल गर्नुपर्ने कार्यका बारेमा उर्लाबारी उद्योग वाणिज्य संघले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार वाणिज्य संघका पदाधिकारी र सल्लाहकार सम्मिलित टोलीले विविध सात बुँदे ध्यानाकर्षणपत्र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेललाई बुझाएको हो । फुटपाथमा बन्द व्यापार गर्ने व्यवसायीको व्यवस्थापन गरिनुपर्ने, रात्रीकालीन बजार राति १० बजेसम्म संचालनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्नुपन ध्यानाकर्षण पत्रमा उल्लेख छ । उर्लाबारी – मधुमल्ला सडक खण्डमा गुड्ने ट्याक्टर ट्रिपरहरुका लागि बैकल्पिक बाटो निर्धारण गरिनुपर्ने तथा मधुमल्ला – टाँडी बस स्टेण्डलाई नयाँ बसपार्कमा स्थान्तरण गर्नपनि व्यवसायीले सुझाएका छन् । अनाधिकृत रुपमा माइक बजाएर सामान बेचविखन गर्ने कार्य बन्द गराउनपनि उनीहरुले माग राखेका छन् ।
संघका अध्यक्ष शेरबहादुर भण्डारी नेतृत्वमा रहेको टोलीमा महासचिव हेमराज गुरुङ, बरिष्ठ उपाध्यक्ष यामलाल रसाइली, उद्योग उपाध्यक्ष जंगबहादुर कार्की, सदस्य नितम चौहान, पुर्व अध्यक्षहरु भरत भट्टराई, तेजकुमार रिजाल, प्रितम खड्गीलगायतको उपस्थिति रहेको थियो । नगरप्रमुख खरेलले ध्यानाकर्षण पत्र बुझ्दै उद्योगी व्यवसायीको मागलाई यथाशिघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । साेही अवसरमा उर्लाबारी उद्योग वाणिज्य संघले थुम्से डोकोको परियोजना सहित “हाम्रो उर्लाबारी सफा उर्लाबारी” अबधारणाको विकास गर्न अर्गानिक डस्टविन २ थान नमुना डोको नगरपालिकालाई हस्तान्तरण गरेको महासचिव हेमराज गुरुङले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय