About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, ३ भदौ

उदयपुरको ताप्लि गाउँपालिका १ स्थितमा खोलामा डुवी १ जनाको मृत्यु भएको छ । भाद्र १ गते बेलुका ६ बजे ताप्लि-१ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अबस्थामा फेला परेको भनि जानकारी प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै विहिबार दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का बल बहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानीयले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय