
काठमाडौं, ३१ साउन
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका नेतृत्वकर्ता बामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैडकले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।
वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।