About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ साउन
उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको एकपछि अर्को सेवा विस्तार हुँदै गएको छ । यसैक्रममा आज नवनिर्मित ओपिडि भवन, पाइपलाइनसहितको अक्सिजन प्लान्ट र क्रिटिकल केयर युनिटको उद्घाटन भएको छ ।
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री यादवले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा प्रदेश सरकारले ध्यान दिएको बताए । उनले चाँडै नै अस्पताललाई एउटा गाडी उपलब्ध गराउने आश्वासन दिएका छन् ।
कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वसांसद गुरुप्रसाद बरालले अस्पतालका लागि सहयोग गर्न प्रतिष्ठान तयार रहेको बताए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, नेपाली काँग्रेसका नगर सचिव राजन रायमाझी, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, जसपाका नगर अध्यक्ष मात्रिका धिमाल, नेकपा एसका प्रदेश सदस्य बलबहादुर घिसिङ र राप्रपाका नगर अध्यक्ष देवीप्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले आर्थिक वर्ष २०७८।०७९ मा अस्पतालका गतिविधिका बारेमा जानकारी गराउँदै भावी योजना पनि प्रस्तुत गरेका थिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजम्बर राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापन समिति सदस्य भीष्माकुमारी रेग्मीले गरेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय