About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, २८ साउन
मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगेको जनाएको छ । कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलताका कारण व्यवसायिक कारोबारमा आएको कमीका बाबजुद संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको हो ।
संस्थामा गत असार मसान्तसम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा १४ करोड ७७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाको २८ औं बार्षिक साधारण सभाको सम्मुखमा आज आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा गत आर्थिक वर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९÷ ८० लाई बचत वर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।
संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले अहिले प्रदेश १ का विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफ्ना सदस्यहरुसँगको कारोबारलाई निरन्तरता दिइरहेको र छिट्टै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले यससँगै संस्थाले सदस्य, कर्मचारी तथा सञ्चालक समिति, उपसमितिसहित समग्र सेवा तथा कारोबारमा लिएका नीतिगत बिषयहरुका बारेमा पनि जानकारी गराएका थिए ।
संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी वार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सारसहित संस्थाले लिएको नीति कार्यान्वयनको पक्षका बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहित संस्थाका सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय