About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २८ साउन
कांग्रेस संस्थापनइतर समूहका युवा नेताहरूले ५० टु ५० अभियान सुरु गरेका छन् । कांग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्ष मुनिका युवा नेताहरूलाई ५० प्रतिशत टिकट अनिवार्य दिनुपर्ने अभियानको उद्देश्य रहेको एक नेताले बताए ।
अभियानले पार्टीमा युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, पार्टीमा युवा मतदाताको आकर्षण बढाउन, राजनीतिमा अहिले देखिएका चुनौती समाधान गर्न युवालाई अगाडि सार्नुपर्ने माग अघि सारेको छ । काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार युवाको उर्जा, क्षमाता र जोसजाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्न र कांग्रेसलाई बलियो, सशक्त, गतिशील र निर्वाचनमा बहुमत प्राप्त गर्न ५० वर्षभन्दा कम उमेरका नेतालाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्तीमा ५० प्रतिशत टिकट दिनुपर्ने अभियानको माग रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय