About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ साउन
किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीको अध्यक्षमा बानु सुब्बा चयन भएकी छिन् । याक्थुङ चुम्लुङको शुक्रबार दुर्गापुरीमा भएको पाँचौ नगर अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा अमर सेलिङ, सचिवमा अन्जु सम्बाहाङ्फे, सहसचिवमा अम्विका सेरेङ र कोषाध्यक्षमा कर्ण मादेम्बा चयन भएका छन् । यस्तै, सदस्यहरुमा भक्त तिलिङ चोङवाङ, देउमान लिम्बू, सुसन लिम्बू र धनराज कुरुम्बाङ निर्विरोध चयन भएका छन् ।
लिम्बू जातिको भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि क्रियाशील यस समितिको कार्यकाल तीन वर्षको रहने छ । चुम्लुङकै अगुवाईमा वर्षेनि लिम्बू जातिको महान चाड चासोक तङ्नाम र कक्फेक्वा तङ्नाम मनाउने गरिएको छ । मंसिरे पूर्णिमाको दिन उर्लाबारी–९ आम्बारीमा चासोक तङ्नाम र माघ १ गते उर्लाबारी–३ मंगलबारेमा कक्फेक्वा तङ्नाम मनाउने प्रचलन छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय