About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ साउन
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै मोरङमा चुनावी चहलपहल बढेको छ । जिल्लामा क्रियाशील दलहरुले चुनावी गतिविधि अगाडि बढाएका छन् । पार्टीभित्र उम्मेद्वारका आकांक्षी पनि उत्तिकै देखिएका छन् ।
प्रतिनिधिसभाका ६ र प्रदेश सभाका १२ निर्वाचन क्षेत्र रहेको मोरङमा २०७४ को निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हेर्दा नेकपा एमाले पहिलो शक्तिको रुपमा रहेका छ । तर, काँग्रेससहित पाँच दलको गठबन्धनले एमालेलाई असर पार्ने सम्भावना उत्तिकै छ । २०७४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेले क्षेत्र नं. १, ३ र ६, नेकपा माओवादी केन्द्रले क्षेत्र नं. ४ र ५ तथा नेपाली काँग्रेसले क्षेत्र नं. २ मा जित हासिल गरेका थिए । यस्तै, प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेले ५, काँग्रेसले ४, माओवादी केन्द्रले २ र जसपाले १ सिट जितेका थिए । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेका थिए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १७ स्थानीय तह मध्ये प्रमुखमा नेकपा एमालेले ९ र नेपाली काँग्रेसले ८ तहमा जित हासिल गरेका छन् । जिल्लामा ठूलो दलको हैसियत बनाएको नेकपा एमालेले चुनावका लागि तयारी थालेको जिल्ला सचिव रुपेश खतिवडा बताउँछन् । एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपालगायत पार्टीले आगामी निर्वाचनमा गठबन्धन गरेमा एमालेलाई केही कठिन हुने देखिन्छ । गठबन्धनले मोरङमा नेकपा एमालेलाई खासै प्रभाव नपार्ने सचिव खतिवडाको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय