About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २७ साउन
देशभर मिटरव्याजको आतंक मच्चिइरहेको बेला यसको नियन्त्रणका लागि सरकारको ध्यान गएको छ । मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव डा. भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
कार्यदलका सदस्यमा सिआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप–सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सदस्य सचिवमा डिएसपी रोशन खड्का छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय