About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ साउन
यस वर्षको श्रीकृष्ण जन्माष्टमीमा उर्लाबारीमा रथयात्रा भब्य रूपमा निकालिने भएको छ । रथयात्रा तयारीका लागि आज उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिर परिसरमा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलसहित स्थानीय धार्मिक व्यक्तित्वको उपस्थितिमा व्यापक छलफल गरी मूल समिति गठन गरिएको छ ।
सुशीला गौतमको संयोजकत्वमा गठित ११ सदस्यीय समितिको सहसंयोजकमा अनन्तराम खतिवडा र सचिवमा गजेन्द्र दंगाल छन् । रथयात्रा उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरबाट सुरु गरी उर्लाबारीका विभिन्न स्थानमा नगर परिक्रमा गराइने सचिव गजेन्द्र दंगालले बताए ।
रथयात्रा तयारी भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले विगतका दुई वर्ष कोरोना महामारीले स्थगित भएपनि रथयात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न नगरपालिकाको सबै खाले सहयोग गर्ने बताए । उनले आगामी वर्षहरुमा पनि रथयात्राको निरन्तरता रहन सके त्यसले उर्लाबारीबासीको धार्मिक निष्ठा साथै सान र मान कायम रहने उल्लेख गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय