About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २६ साउन
नेकपा एमाले निर्वाचन केन्द्रीत अभियानमा लागेको छ । आज बसेको एमाले सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ ।
उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष, महासचिव र विभागका सचिव रहनेछन् ।
यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अध्यक्ष ओलीको अध्यक्षतामा घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् । सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी, ९ भदौमा पोलिटब्यूरो र १० भदौमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय