About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ३ साउन
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । संसद पुनःस्थापना भएपछि पहिलो पटक आज बसेको बैठकमै उनले विश्वासको मत लिएका हुन् ।
विश्वासको मतको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेको छ । १ सांसद तटस्थ बसेका छन् । विश्वासको मतको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एमालेका माधव नेपाल समूहका केही सांसदले मतदान गरेका छन् । आजको बैठकमा २४९ जना सांसद उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय