About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले नगरपालिका कार्यालयलाई सबैको अपनत्व हुने गरी कार्यसम्पादन गरिरहेको बताएका छन्। पुर्व मेयर खड्ग फागोले केहि दिनअघि एउटा सार्वजनिक कार्यक्रममा ‘उर्लाबारी नगरपालिकाको कार्यालयलाई एमालेको पार्टी कार्यालय बनाइएको’ भन्दै दिएकाे अभिव्यक्तिको खण्डन गर्दैै मेयर खरेलले उक्त भनाइ हतास मनस्थितिको उपज भएको टिप्पणी गरे । ‘म उम्मेद्वारको रुपमा रहँदासम्म एमालेको प्रतिनिधि थिए’ खरेलले भने – ‘अहिले कुनै एक पार्टीको होइन, सबैको हुँ । मेरो व्यवहारबाटै अनुभुत गर्नसक्नुहुन्छ ।’
२८ औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर मंगलबार आयोजित कार्यक्रममा बोल्दै खरेलले आफुबाट कुनैपनि किसिमका भ्रष्टाचार गरेको पाइए जुत्ताको माला लगाएर बजार घुमाए हुन्छ भने। नगरपालिकाको भवनलाई एमाले पार्टी कार्यालय बनाइएको प्रमाणित गर्नपनि खरेलले चुनौती दिए।
एक अर्को प्रसंगमा मेयर खरेलले आसपासका पालिकाले आदिवासी जनजाति दिवसका बारेमा मौनता साँध्दै गर्दा आफुले आँट गरेर सार्वजनिक बिदा दिएको उल्लेख गरे । उनले भने –‘आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू हरदम लागिपर्ने छु ।’
उर्लाबारी पार्टी प्यालेसमा आयोजित विश्व आदिवासी दिवसको अवसर पारेर कार्यक्रममा पूर्व उपसभामुख एवं एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेलाई सम्मान गरिएको छ । कार्यक्रममा नेतृ तुम्बाहाम्फे, महासंघका पुर्व उपाध्यक्ष गोविन्द छन्त्याललगायतले पनि बोलेका थिए । उर्लाबारी नगरपालिकामा सुचिकृत १४ जातजातिको झाँकी, नृत्य प्रदर्शन रहेको कार्यक्रममा महासंघका उर्लाबारी नगर समन्वय परिषद अध्यक्ष शमसेर लिम्बूको सभापतित्व रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय