About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २४ साउन
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले तयार पारेको छ । आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ताको समय छुट्याएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने तयारी गरिएका आयोगले जनाएको छ ।
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।
आयोगले असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । मंसिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय