
उर्लाबारी, २३ साउन
उर्लाबारी नगरपालिकाले साउन २४ गते (भोलि) स्थानीय विदा दिएको छ । २८ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीद्वारा हस्ताक्षरित सूचनामा २८ औं विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सबै नागरिकमा शुभकामना व्यक्त गरिएको छ । आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।