About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, २२ साउन
एउटा ब्यक्तिको पहलमा विकास निर्माणले कसरी गति लिँदो रहेछ भन्ने उदाहरण बनेका छन्, सुनसरी–६ पानवारीका मातृकाप्रसाद भट्टराई । उनको पहलमा धरानमा भएको विकास निर्माणका कामका कारण स्थानीय उत्साहित भएका छन् । समाजसेवी भट्टराईले सरकारका बिभिन्न निकायमा पहल गरेर दर्जनौ योजना सम्पन्न भएका छन् ।
पानवारी क्षेत्रमा बैंक लगायतका कार्यालय स्थापना भएका छन् । बाटो, पुल, विभिन्न भवन निर्माणका लागि उनले पहल गरेर करोडौ रुपियाँको काम भएको छ । मन्दिरहरुका लागि उनले रकम निकासा गराएका छन् । भट्टराईको कामप्रति स्थानीय हरि घिमिरे मुक्तकण्ठले प्रशंसा गर्छन् । घिमिरे भन्छन् ‘मातृका भट्टराई नभइदिएको भए पानबारी सायद पहिलेकै जस्तो ढुङ्गे युग हुने थियो, तमाम विकासका काममा पहल गर्नुहुने भट्टराईलाई पानबारीबासीले कहिल्यै भुल्ने छैनन् ।’स्थानीय ज्येष्ठ नागरिकहरुले मातृका बाबुको पहलमा पानवारीमा यति धेरै विकास भएको भन्दै उनलाई आशीर्वाद दिने गरेका छन् ।


भट्टराईले स्थानीय क्षेत्रमा गरेको योगदान थाहा पाएपछि वरिष्ठ पत्रकार तीर्थ कोइराला भन्छन्, ‘मातृकाजीलाई मेरो क्षेत्रमा बसाइँ सार्न पो मन लाग्यो । उहाँको पहलमा भएका कामको विवरण हेर्दा त त्यो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले अथक परिश्रमबाट सम्पन्न हुने काम जस्तो लाग्यो । एक्लो प्रयासले यति काम गर्न जोसुकैलाई सहज हुँदैन । दलहरूले निर्वाचनमा जनप्रतिनिधिका लागि यस्तो जाँगर पहुँच भएकाले इच्छा राखे भने मौका दिए हुने हो नि । हुन त यो त दुबै पक्षको चयन र इच्छामा भर पर्ने कुरा हो ।’
स्थानीय सञ्जय राई पनि भट्टराईको पहलमा धरान पानबारी क्षेत्रमा भएका विकास निर्माणका कामहरु गर्व गर्न लायक रहेको बताउँछन् । समाजसेवी भट्टराई आफूले आफ्नो ठाउँको विकासमा सक्दो पहल गरेको बताउँछन् । अझै पहल जारी राख्ने भट्टराईको प्रतिबद्धता छ । भट्टराईका अनुसार बिगत ९ वर्षमा उनको पहलमा धरान उपमहानगरपालिका क्षेत्रमा भएका विकास निर्माणका कामहरु निम्न छन्ः
१. धरान उपमहानगरपालिका वडा नं. ११ मंगलबारेबाट वडा नं. २० विष्णुपादुका जाने सर्दु खोलामा दुई लेनको १२१ मिटर लम्बाई रहेको मोटरेबल पुल । जसको अनुमानित लागत १६ करोड ७४ लाख रहेको थियो । हाल यो पुल निर्माण सम्पन्न भइसकेको छ ।


२. सेउती खोलामा १०९ मिटरको मोटरेबल पुल (धरान वडा नं. १५ महादेव चोकदेखि तल्लो पानवारी जाने बाटो) जसको अनुमानित लागत १० करोड ८४ लाख रहेको थियो । यो पुल निर्माण सम्पन्न भइसकेको छ ।
३. भूमिसुधार मन्त्रालय मार्फत धरान उपमहानगरपालिका वडा नं. ६ पानवारीमा निर्माणाधिन अवस्थामा रहेको मालपोत र नापी कार्यालय भवन निर्माण गर्नका लागि लाग्ने अनुमानित लागत १० करोड बिनियोजन ।
४. धरान तल्लो पानवारी बाटो कालो पत्रे आयोजना (धरान वडा नं. १५ महादेव चोक देखि सेराखोलासम्म) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ६ करोड ५० लाख रुपैंया विनियोजन भई निर्माण कार्य सम्पन्न भइसकेको ।
५. सेउती–पानवारी–चोक्टी सडकको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत ७ करोड ५० लाख रुपैंया विनियोजन भई निर्माण कार्य सम्पन्न भइसकेको ।
६. खनाले कुलोको मुहान निर्माणका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत ६१ लाख रुपैंया विनियोजन भई निर्माण कार्य सम्पन्न भइसकेको ।
७. पानवारीमा डिपवोरिङ्ग सिचाईको लागि कृषि विकास मन्त्रालय अन्तर्गत नक्टाझिज आयोजना (जनकपुर) मार्फत ८० लाख रुपैंया विनियोजन भई निर्माण सम्पन्न भइसकेको ।
८. पानवारीमा डिपवोरिङ्ग सिचाईको लागि कृषि विकास मन्त्रालय अन्तर्गत नक्टाझिज आयोजना (जनकपुर) मार्फत ७५ लाख रुपैंया विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको ।
९. धरान वडा नं. ६ पानवारीमा सिंचाईको लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत २ (दुई) वटा डिपवोरिङ्गको कार्य भइरहेको जसको अनुमानित लागत १ करोड ५० लाख रुपैंया रहेको ।
१०. खानेपानी मन्त्रालय मार्फत वडा नं. ६ पानवारीमा शुद्ध खानेपानीको लागि ५० लाख रुपैंया निकासा भई कार्य भइरहेको । (यस योजना सम्पन्न गर्नका लागि आ.व.०७६÷७७ र ०७७÷७८ गरी जम्मा २ आ.व.मा ५२ लाख रुपैंया विनियोजन भएको तर काम नभई रकम फिर्ता भएको) ।
११. धरान उपमहानगरपालिका वार्ड नं.६ पानवारीमा छतिउनचोक उत्तर दक्षिण बाटोको लागि शहरी विकास मन्त्रालयबाट रु. ५० लाख रुपैंया विनियोजन गरिएको ।
१२. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत मन्त्रीस्तरीय निर्णय गरी नगरपालिकाको वडा कार्यालय ठिङ्गाबारीबाट वडा नं. ६, पानवारीमा कार्यालय सारेको ।
१३. गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय मार्फत पानवारीमा स्थायी प्रहरी चौकी कायम गरिएको । पानवारीमा रहेको स्थायी प्रहरी चौकीलाई प्रहरी प्रधान कार्यालय मार्फत १ (एक) थान मोटरसाईकल उपलब्ध गराइएको ।
१४. पानवारी खोला सिंचाई आयोजना (मझौला सिचाई आयोजना) खनाले कुलो पक्की गर्नका लागि धरान वडा नं. ६ पानवारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत १५ लाख रुपैंया सर्भे गर्नका लागि निकासा गरिएको ।
१५. पानवारी खोला सिंचाई आयोजना (मझौला सिचाई आयोजना) खनाले कुलोलाई पक्की बनाउनका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत ३ करोड रुपैंया विनियोजन भई निर्माण सम्पन्न भइसकेको ।
१६. खानेपानीको लागि खानेपानी मन्त्रालय मार्फत ७ लाख पचास हजार रुपैंया विनियोजन भई कार्य सम्पन्न भइसकेको ।
१७. धरान वडा नं. १३ मा रहेको अमर सेवा समाजलाई कवर्डहल बनाउनका लागि खेलकुद मन्त्रालय मार्फत ४२ लाख रुपैंया विनियोजन भई निर्माण सम्पन्न भइसकेको ।


१८. बिजुलीका पोलहरु सार्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आ.व. २०७२।०७३ मा ७ लाख ४० हजार, आ.व. ०७३।७४ मा ७ लाख ४० हजार र आ.व. ०७४।७५ मा ८ लाख १४ हजार गरी जम्मा अनुमानित २२ लाख ९४ हजार रुपैंया विनियोजन भएको ।
१९. नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयबाट धरान – ६ पानवारीमा विद्युत महशुल संकलन केन्द्र स्थापना गरेको ।
२०. धरान वडा नं. १४ मा रहेको नेपाल आदिवासी जनजाति महासंघ बहुजातीय संग्रहालयको लागि नेपाल पर्यटन बोर्ड मार्फत १० लाख रुपैंया निकासा भएको ।
२१. नेपाल आदिवासी जनजाति महासंघ बहुजातीय संग्रहालयलाई पर्यटन मन्त्रालय मार्फत आ.व. ०७२।७३ देखि ०७६।०७७ सम्म प्रत्येक वर्ष ५०–५५ लाख रुपैंया गरी जम्मा १ करोड ५० लाख रुपैंया बजेटको व्यवस्था गरेको ।
२२. उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत वडा नं. ४, ५ र ६ का सम्पूर्ण पुराना÷सडे–गलेका विद्युतका पोलहरुलाई विस्थापित गरी नयाँ सिमेन्टका पोलहरु राख्नका लागि अनुमानित ३ करोड बजेट विनियोजन भई कार्य सम्पन्न भइसकेको ।
२३. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत खैरेनी–ठिङ्गावारी–साउने झोलुङ्गे पुलसम्मको सडक स्तरोन्नती गर्नका लागि १० लाख रुपैंया निकासा भई निर्माण कार्य भएको ।
२४. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत शिवधारादेखि शिवजटासम्मको बाटो विस्तारका लागि ५ लाख रुपैंया विनियोजन भई निर्माण कार्य भएको ।
२५. उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मार्फत सेराखोला तटबन्द निर्माणका लागि ५ लाख रुपैंया निकासा भई निर्माण कार्य भएको ।
२६. प्रहरी प्रधान कार्यालय मार्फत धरान उपमहानगरपालिका वडा नं. ४ अन्तर्गत पत्रङ्गवारीमा अस्थायी प्रहरी चौकी स्थापना गरेको । सो चौकीलाई १ थान मोटरसाईकल प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराएको ।
२७. प्रहरी प्रधान कार्यालय मार्फत धरान उपमहानगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयलाई प्रदेश ३–०१–००२ झ ४८२४ नं. को टोयोटा–१ थान नयाँ गाडी उपलब्ध गराएको ।
२८. तत्कालिन शान्ति तथा पुनः निर्माण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत निम्न मन्दिरहरुलाई बजेट निकासा गराएकोः–
क) सिंहवाहिनी मन्दिर उखुवारी धरान ६ का लागि ५ लाख रुपैंया विनियोजन भई निर्माण कार्य सम्पन्न भइसकेको ।
ख) श्रीकृष्ण प्रणामी मन्दिरका लागि २ लाख ५० हजार रुपैंया निकासा गरेको । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयबाट आ.व.०७८÷७९ मा १० लाख रुपैंया भवन निर्माणको लागि बजेटको व्यवस्था गरेको ।
ग) शिव मन्दिर आध्यात्मिक समाजयका लागि २ लाख रुपैंया निकासा गरेको ।
घ) धरान उपमहानगरपालिका वार्ड नं. २० मा रहेको विष्णु पादुका मन्दिरलाई १५ लाख रुपैंया पर्यटन तथा संस्कृति मन्त्रालयमा मार्फत विनियोजन गरेको ।
ङ) धरान उपमहानगरपालिका वार्ड नं.४ पत्रङ्वारीमा रहेको पाँचकन्या मन्दिरको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयबाट ५ लाख रुपैंया बजेटको व्यवस्था गरेको ।
२९. तत्कालित शान्ति तथा पुनः निर्माण मन्त्रालय मार्फत सरस्वती उच्च माध्यमिक विद्यालयलाई ५ लाख रुपैंया निकासा गरेको ।
३०. धरान उपमहानगरपालिका वार्ड नं. ४ पत्रङ्गवारीमा खानेपानीको लागि डिपवोरिङ्ग कार्यक्रमको लागि २० लाख रुपैंया बजेटको व्यवस्था गरिएको ।
३१. धरान उपमहानगरपालिका वार्ड नं. ८ मा नाटक घरको लागि पर्यटन संस्कृति तथा उड्डययन मन्त्रालय मार्फत रु. ११ लाख २५ हजार रुपैंया विनियोजन गरिएको ।
३२. धरान वडा नं. ६, पानवारीमा सभाहल बनाउनको लागि सम्भाव्यता अध्ययनको लागि सहरी विकास मन्त्रालय मार्फत ५ लाख रुपैंया विनियोजन भएकोमा जग्गा उपलब्ध भइनसकेको हुँदा विनियोजित रकम फिर्ता भएको ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय