About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ साउन
उर्लाबारीमा सम्पन्न सालबारी भेट्रान च्यालेन्ज कपको उपाधि थापाडाँगी भेट्रानले जितेको छ । शनिबार उर्लाबारी–३ स्थित सालबारी रंगशालामा भएको फाइनल खेलमा थापाडाँगीले मंगलबारे भेट्रान टिमलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।
थापाडाँगीलाई जित दिलाउने क्रममा खेलको दोस्रो हाफमा एक मात्र गोल महेश लिम्बूले गरेका थिए । निकै नै प्रतिष्पर्धात्मक बनेको आजको खेलको अन्तिम समयमा थापाडाँगीका महेश लिम्बू रातो कार्ड खादै मैदानबाट बाहिरिए पछि थापाडाँगी १० खेलाडीमा सीमित बनेको थियो ।
खेलको विजेता टिमले नगद १२ हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र हात पारेको छ भने उप–विजेताले नगद ९ हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ दि म्याच थापाडाँगीका टिम क्याप्टेन अर्जुन तिम्सिना घोषित भए भने प्रतियोगिता उत्कृष्ठ खेलाडी मंगलबारेका गजेन्द्र चेम्जोङ घोषित भए ।
विजेता टिमलाई कार्यक्रमका प्रमुख अथिति उर्लाबारी वडा नम्वर–३ का अध्यक्ष भिष्मराज बुढाथोकीले प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरे । यस्तै आजै भएको यु–१५ मैत्रीपूर्ण खेलमा झापाको केर्खा यु–१५ टिमले सालबारी एकता क्लवलाई हराएको थियो । प्रतियोगिता सालबारी एकता क्लब उर्लाबारी–२ र ३ को आयोजना सम्पन्न भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय