About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ साउन
अर्थतन्त्र नसुधारे नेपालको अवस्था नाजुक हुने अर्थविदहरुले चेतावनी दिएका छन् । वर्तमान समयमा नेपालको अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन् ।
उर्लाबारी उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले व्यापार घाटा कम नगरे नेपालको हालत श्रीलंका जस्तै हुने बताएका छन् । ‘नेपालको मुद्रास्फिती साढे आठ दशमलब पुगेको छ’, सप्तकोशी डेभलपमेण्ट बैंकका अध्यक्ष तथा अर्थशास्त्रका प्राध्यापक डा. अर्जुन बरालले भने, ‘यसलाई नियन्त्रण नगरे देशको अर्थतन्त्र धरायशी हुनेछ ।’
नेपालको व्यापार घाटा १७ खर्ब, २० अर्ब ४१ करोड रहेको जानकारी दिँदै बरालले भने, ‘कृषि उत्पादन गरी त्यसलाई निर्यात गर्न सकेमा ब्यापार घाटा कम गर्न सकिने छ ।’ कृषि, उद्योग र सेवा क्षेत्रको विकास गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाई छ ।
सोही बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले भने अलि फरक मत राखेका छन् । उनले रेमिट्यान्सले धानेको देश भएकोले नेपालको अर्थतन्त्र खस्किएपनि श्रीलंकाको जस्तो खराब हालतमा नपुगिने बताए । ‘ब्यापार घाटा भइरहेपनि आर्थिक दुर्घटना भइहालेपनि नेपाल श्रीलंका जस्तो हुँदैन’ उनले भने । आगामी निर्वाचनमा पुँजी बजारमा आउने भएकोले पुस महिनादेखि आर्थिक तरलता अभावमा कमी आउने उनको दाबी थियो ।
संघका निवर्तमान अध्यक्ष प्रितम खड्गीले आम ब्यापारीको समस्याका बारेमा उल्लेख गर्दै यसखाले कार्यक्रमबाट बैंकले प्रवाह गर्ने कर्जाका बारेमा जानकारी भएको बताए । विद्यमान समयमा देशको परिस्थिति र उर्लाबारी बजारको अवस्थाका बारेमा अर्थविदहरुसँग परामर्श तथा अन्तरक्रिया गरिएको वाणिज्य संघका महासचिव हेमराज गुरुङले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय